२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा कार्यालय नसार्न अन्तरिम आदेश



चैत ७, डोटी । जिल्लाको शिखर नगरपालिका ३ को वडा कार्यालय केन्द्र सार्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत दिपायलले विपक्षीका नाममा अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत दिपायलले पछि ठहरे बमोजिम हुने गरी हाललाई वडा अध्यक्ष सहित तीन जनाको बहुमत सदस्यले गरेको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश दिएको हो । वडा नं ३ विसं २०७५ माघ १७ गते भएको बैठकले हाल केन्द्र रहेको आली अतुरालीबाट जोरागाउँमा केन्द्र सार्ने निर्णय गरेको थियो ।

त्यसपछि उक्त निर्णय गैरकानूनी भएको भन्दै उक्त निर्णय विरुद्ध वडा सदस्य नरहरादेवी बोगटी र खड्कबहादुर जोराले उच्च अदालत दिपायलमा रिट निवेदन दर्ता गराएका थिए । उक्त रिट निवेदनमा निवेदकका तर्फबाट अधिवक्ताहरु शङ्करदीप मडै र मेरिना श्रेष्ठले बहस गरेका थिए ।

उच्च अदालतले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६ (७) बमोजिम गाउँ तथा नगरसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाई बहुमतले प्रस्ताव पारित गरी वडाको केन्द्र हेरफेर गर्नसक्ने भनी स्पष्ट कानूनी व्यवस्था रहेकोसमेत आदेशमा उल्लेख गरेको छ । उच्च अदालतको अन्तरिम आदेशपछि अतुरालीका स्थानीय खुशी भएका छन् ।

पहिलो पटक एटिएम सेवा शुरु

राष्ट्रिय वाणिज्य बैंक डोटी शाखाले जिल्ला सदरमुकाम सिलगढीमा पहिलो पटक आफ्नो एटिएम सेवा शुरु गरेको छ । बैंकबाट एटिएम कार्ड प्राप्त गरेका ग्राहकले सेवा लिन सकुन् भन्ने उद्देश्यले सेवा शुरु गरिएको शाखाका सहायक प्रबन्धक तुलसीदेवी शर्माले बताइन् ।

उनले भनिन्, “जिल्ला सदरमुकामममा एटिएम सेवा नभएर ग्राहकहरु मर्कामा परेका कारण हामीले उक्त सेवा पहिलो पटक विस्तार गरेका हौँ ।” यसभन्दा पहिले राष्ट्रिय वाणिज्य बैंकको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल शाखामा मात्रै एटिएम सेवा राखिएको थियो ।

बैंक डोटी शाखाको हाताभित्र एटिएम सेवा शुरु भएपछि यहाँका सेवाग्राहीले राहत महसुस गरेको सिलगढीका स्थानिय प्रवीन श्रेष्ठले बताए । उनले भने, “हामीसँग एटिटएम कार्ड भए पनि प्रयोग गर्न पाएका थिएनौँ, अब एटिएम मेसिन शुरु भएकाले जतिबेला नि पैसा झिक्न पाइने भयो ।”

एटिएम सेवाको शुभारम्भ कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले राष्ट्रिय वाणिज्य बैंकले गुणस्तरीय सेवामार्फत निजी क्षेत्रका बैंकसँग प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहिबार ००:००