७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्लाफाँटा नगरपालिकाः टोटी नालामा तटबन्ध निर्माण



चैत १, कञ्चनपुर । जग्गा भूक्षय हुन नदिन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० स्थित टोटी नालामा ५० लाखको लागतमा तटबन्ध निर्माण शुरु गरिएको छ ।

सिँचाइ कार्यालयको सहयोगमा नालाको चार ठाउँमा तटबन्ध निर्माण शुरु गरिएको र ती तटबन्ध २५० मिटर लामो र तीन मिटर उचाइको हुने वडाध्यक्ष लालबहादुर ऐरले बताए ।

तटबन्ध निर्माणका लागि एक हजार ७०० घनमिटर ढुङ्गा र ४५० वटा ग्याबिन जाली प्रयोग गरिने र यसबाट २३० भन्दाबढी परिवारको जग्गाको सुरक्षाका साथै नजिकै रहेको क्याम्पसको जग्गापनि संरक्षण हुने उनको भनाइ थियो ।

वर्षेनी नालामा वर्षात्का बेला आउने बाढीले जग्गा कटान गरी बगाउन थालेपछि रोकथामका लागि तटबन्ध निर्माणमा जोड दिइएको वडाध्यक्ष ऐरले बताए । रासस

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार ००:००