११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुरन्धरा झरनालाई प्रमुख पर्यटकीय केन्द्रका रुपमा विकास गरिने



फागुन ३०, दाङ । पश्चिम दाङको पर्यटकीयस्थल पुरन्धरा झरनाजाने बाटोमा पर्ने कालीखोलामा कल्भर्ट निर्माण शुरु गरिएको छ । बबई गाउँपालिका–५ मा पर्ने सो खोलामा १२ लाखको लागतमा त्यहाँ कल्भर्ट निर्माण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिए ।

यसअघि त्यहाँ कल्भर्ट नहुँदा वर्षायाममा आवतजावतमा समस्या हुनुका साथै मोटर सञ्चालनमा पनि समस्या हुने गरेको थियो । त्यसैगरी अहिले कालीखोला हुँदै झरनासम्मको बाटो पनि मर्मत गरिन लागेको छ । अब कल्भर्ट निर्माण बाटो ममर्त भएसँगै झरनाको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सजिलो हुनेछ ।

यसैबीच पुरन्धरा झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय केन्द्रका रुपमा विकास गर्नका लागि यसपटक प्रदेश नं ५ को सरकारले ५० लाख बजेट विनियोजन गरेको सो गाउँपालिकाका अध्यक्ष पौडेलले जानकारी दिए ।

सो बजेटमा र गाउँपालिकाले १५ लाख बजेट थप गरेर अब छिट्टै झरना स्थलमा खानेपानी, शौचालय, चमेनागृहका लागि भवन, बिजुली बत्ती, वनभोज स्थलका लागि आवश्यक सेट निर्माणलगायतका भौतिक पूर्वाधार निर्माण गरिने पनि अध्यक्ष पौडेलले जानकरी दिए । रासस

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार ००:००