२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनगुनासो बढेपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन

लेखक स्थानीय खबर २७ फाल्गुन २०७५, सोमबार १ मिनेट पढाइ

फागुन २७, चितवन । पूर्वी चितवनमा प्रहरीको उपस्थिति कमजोर भएको गुनासो बढेपछि गाउँगाउँमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले ‘थ्री एस’ अभियान अन्तर्गत दैनिक ६० भन्दा बढी प्रहरी एकै क्षेत्रमा परिचालन गरेको छ ।

प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार स्थानीय तहका प्रहरी र जिल्लाबाट खटिएका प्रहरीले अवाञ्छित क्रियाकलाप गर्नेको खोजतलास गर्ने, शङ्का लागेकालाई नियन्त्रणमा लिने र सोधपुछ गरी दोषीलाई कारवाही गर्दै आएको छ ।

यही अभियानलाई प्रहरीले ‘सर्च, स्विइप एण्ड स्क्रिनिङ’ अर्थात् थ्री एस नामकरण गरेको छ । विगत पाँच दिनदेखि प्रहरीले रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका क्षेत्रमा अभियान सञ्चालन गरेको हो ।

गाउँमा आपराधिक क्रियाकलाप गरी लुकीछिपी बस्नेहरु अभियानको निसानामा परेका छन् । जुवातास खेल्ने, लागुऔषध एवं मादक पदार्थ सेवन गर्ने, चेलीबेटी बेचबिखन गर्ने पक्राउ परेको राठौरले बताए । सो क्षेत्रमा पछिल्लो समय हत्या, आक्रमण जस्ता घटना हुन थालेपछि प्रहरीले विशेष निगरानीका साथ अभियान चलाएको उनले बताए । रासस

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।