१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकाले दियो, स्वयंसेविकालाई भत्ता



फागुन, २६, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिएको छ ।

गाउँपालिका भरिका ८७ महिला स्वास्थ्य स्वयंसेविकालाई ६ हजार रुपैयाँका दरले ५ लाख २२ हजार रुपैयाँ वितरण गरिएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो ।

गत वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई ४ हजार भत्ता उपलब्ध गराएकोमा यो वर्ष १ हजार रुपैयाँ थप गरेको गाउँपालिकाका अध्यक्ष चक्र कार्काीले जानकारी दिए ।

स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले पु¥याएको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता दिइएको उनले बताए ।

महिला स्वास्थ्य स्वयंसेविकाले गाउँघरका नागरिकलाई निःशुल्क सेवा दिइरहेका छन् । नागरिकका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिने गरेका छन् । स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिइएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।

गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाले गत वर्षबाट प्रोत्साह भत्ता पाइरहेका छन् । गाउँपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराए पछि श्रीकोट स्वास्थ्यचौकीका महिला स्वयंमसेविका गोमती विष्टले खुशी व्यक्त गरिन् । गाउँपालिकाले आफूहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदा धेरै सजिलो भएको अर्की स्वास्थ्य स्वयंसेविका जयन्ती ऐरीले बताइन् ।

महिला स्वास्थ्य स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप लगाउने, गर्भवतीलाई आइरन चक्की वितरण गर्ने, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत कुरामा सहयोग गर्दै आइरहेका छन् । गाउँपालिकाका आठ वडामा ८७ महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । बैतडीका १० स्थानीय तहमा ८ सय ३२ महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार ००:००