१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्वरो प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली



फागुन २२, मार्तडी । बाजुराको बूढीनन्दा नगरपालिका–३ नुरीको सिङ्गो गाउँ नै भाइरल ज्वरोले प्रभावित भएको खबर आएपछि आज बिहान स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा पुगेको छ ।

सिङ्गो गाउँका मान्छे बिरामी भएको खबर पाएपछि औषधिसहित स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

स्वाथ्यकर्मीको टोलीले १०८ को उपचार गरेको बताइएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा गणेश चौधरीले ४८ पुरुष र ६० महिलालाई घर घरमा पुगेर चेक जाँचसहित उपचार गरेको जानकारी दिए ।

उपचारका लागि गाउँमा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई र फेज नेपालबाट तीन गरी पाँच स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेको वडा नं ३ का वडाध्यक्ष रामबहादुर बोहराले बताए ।

सिङ्गो गाउँलाई नै उपचार गरिएको अध्यक्ष बोहराले जानकारी दिए । उक्त क्षेत्रका अधिकांश भाइरल ज्वरोको सङ्क्रमणमा परेका फेज नेपालमा कार्यरत अनमी सञ्जु कार्कीले बताइन् । रासस

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार ००:००