२९ फाल्गुन २०८०, मंगलबार | Wed Mar 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीयवासी र सङ्घ संस्थासँगको सहकार्यमा सार्वजनिक शौचालय



फागुन २०, ललितपुर । ललितपुर महानगरपालिकाले स्थानीयवासी र स्थानीय सङ्घ संस्थासँगको सहकार्यमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।

महानगरभित्र अति आवश्यक स्थानमा शौचालय नभएपछि स्थानीयवासीलाई सहभागी गराएर वडापिच्छे शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।

महानगरमा शौचालय अपर्याप्त रहेको र भएका पनि फोहर रहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । शौचालय निर्माण आवश्यक भएको स्थानीयवासीबाट माग भएपछि निर्माण गर्ने योजना बनाइएको उनले बताए ।

प्रवक्ता महर्जनले भने, “आवश्यक भएका ठाउँ हेरेर नयाँ निर्माण गर्ने र खराब अवस्थाका शौचालय सुधार्ने योजना छ ।” शौचालय बनाउन विभिन्न संस्था इच्छुक देखिएका छन् । बसपार्क, विभिन्न चोक लगायत भीडभाड हुने ठाउँमा शौचालय बनाउने योजना रहेको बताइएको छ ।

प्रत्येक वडामा कम्तीमा एउटा शौचालय निर्माण हुने गरी सम्झौता गरिनेछ । स्थानीयवासीको संलग्नतामा निर्माण हुँदा त्यसको संरक्षण हुने महानगरको विश्वास छ । पहिले उपमहानगरपालिका हुँदादेखि नै यहाँ एकाध भन्दा शौचालय छैनन् ।

मोटरसाइकल चोरी गर्ने पक्राउ

महानगरीय प्रहरी परीसर ललितपुरले चोरीको मोटरसाइकल सहित काठमाडौं महानगरपालिका–३२ बस्ने श्रवणकुमार तामाङ र ललितपुर–१० बस्ने धर्मलाल वाइवालाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

परीसरले ललितपुर महानगरपलिका–१० युएन पार्क नजिकैबाट शनिबार साँझ कालो रङ्गको बा ९४ प ९३०८ नं को मोटरसाइकल नियन्त्रणमा लिएको हो । प्रहरीको नियमित जाँचका क्रममा मोटरसाइकलमा सवार तामाङ र वाइवासँग कागजात नभएकाले थप अनुसन्धानका क्रममा मोटरसाइकल चोरी भएको पत्ता लागेको परीसरका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।

पक्राउ परेका तामाङ र वाइवाले गत फागुन ५ गते ठमेल क्षेत्रबाट मोटरसाइकल चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको परीसरले जनाएको छ । यस घटनाको थप अनुसन्धानका लागि महानगरीय वृत सोरखुट्टे पठाइएको उनले बताए । रासस

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार ००:००