१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदुर नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने



फागुन १२, विदुर । विदुर नगरपालिकाको चौथो नगरसभाले एम्बुलेन्स खरीद गरेर आफैँले एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले खरीद गर्ने एम्बुलेन्स सेवाको व्यवस्थापनका लागि वडा नं ९ का वडाध्यक्ष शनी चित्रकारले नगरपालिकाबाट आफूलाई प्राप्त मोटरसाइकल सुविधा नलिने घोषणा गरेका छन् । वडाध्यक्ष चित्रकारले आफ्नो वडामा मोटरसाइकल खरीदका लागि विनियोजन गरिएको रकम एम्बुलेन्स सेवाको व्यवस्थापनका लागि प्रयोग गर्न नगरपालिकासँग आग्रह गरेका हुन् ।

विदुरका वडा नं ९ बाहेक सबै वडाले नगरपालिकाबाट विनियोजित रकमबाट मोटरसाइकल खरीद गरिसकेका छन् । नगरपालिकाभित्र अति आवश्यक योजना सञ्चालनका लागि उपप्रमुख गीताकुमारी दहालद्वारा प्रस्तुत २२ करोड ४८ लाखको पूरक बजेट स्वीकृत गरिएको छ ।

बजेटमा सडक विस्तार तथा स्तरोन्नति, खानेपानी योजना सञ्चालन, वडा कार्यालयमार्फत थप बजेट कार्यान्वयनका साथै लक्षित क्षेत्रका लागिसमेत थप रकम विनियोजन गरिएको छ । पुस मसान्तसम्म चालुगत खर्चमा १९ करोड ६४ लाख र पूँजीगततर्फ १० करोड २६ लाख खर्च भएको नगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार ००:००