१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बनेपा नगरपालिकाः ढकालखोला करिडोर निर्माण शुरु



फागुन ९, बनेपा । बनेपा नगरपालिका ५ स्थित ढकालखोला करिडोरको निर्माण शुरु भएको छ । वडाकार्यालयको १० लाख र स्थानीय उपभोक्ताको १५ प्रतिशत श्रमदानको दुई लाख गरी १२ लाखमा सो निर्माणकार्य शुरु भएको वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारीले बताए । अपुग रकमसमेत स्थानीय उपभोक्ताले चन्दा उठाएर सो कार्य अगाडि बढिरहेको वडाध्यक्ष अधिकारीले बताए ।

“खोला मिचेर साँघुरो भएका कारण त्यसले वरिपरिको जग्गामा क्षति पुगेको र खोलालाई सफा राख्न यो कार्य अगाडि बढेको छ” उनले भने, “यसले साँध सिमाना प्रष्ट पार्नुका साथै खोला सफा राख्न मद्दत गर्नेछ ।” करिडोर निर्माणका लागि रेवतीप्रसाद दाहालको नेतृत्वमा उपभोक्ता समिति गठन गरेर काम अगाडि बढिरहेको छ ।

करिडोर निर्माण भएपछि बर्खामा आउने बाढीका कारण सधैँजसो वरिपरिको जग्गा डुबानमा परी क्षति हुने अवस्थाबाट छुटकारा हुनुका साथै दायाँबायाँका सडकले पनि खोलालाई सुरक्षित बनाउने समितिले जनाएको छ ।

अहिले चण्डेश्वरी मार्गदेखि ढकाल गणेश मन्दिरसम्म खोला दायाँबायाँ सात सात मिटरको फराकिलो बाटोसहितको करिडोर निर्माणकार्य भइरहेको छ । रासस

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार ००:००