१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२७ विपन्न परिवारका लागि नगरपालिकाले घर निर्माण गर्ने



फागुन ७, कावासोती । नवलपरासी पूर्व नवलपुरमा रहेको कावासोती नगरपालिकाले नगरपालिकाभित्र रहेका विपन्न २७ परिवारलाई घर निर्माण गरिदिने भएको छ ।

विपन्न आवास कार्यक्रम मार्फत नगरपालिकाभित्र रहेका २७ परिवारलाई घर निर्माण गरिदिन लागिएको हो । नगरपालिकाभित्र रहेका विपन्न समुदायको उत्थानका लागि घर निर्माण गरिदिन लागिएको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताइन् ।

“विपन्न समुदायको उत्थानका लागि नगरपालिकाले लिएको नीतिअनुसार घर निर्माण गरिदिन लागिएको हो” नगर प्रमुख पुनले भने, “हामी प्रत्येक वर्ष विपन्न नागरिकको घर निर्माणको कार्यक्रमलाई निरन्तरता दिँदै जानेछौँ । नगरभित्रका हरेक पिछडिएका समुदायको उत्थान गर्नु, सबैलाई सबल बनाउने आफूहरुको योजना रहेको बताउँदै यसैको निरन्तरता स्वरुप घर निर्माण कार्यक्रम भएको प्रमुख पुनले बताइन् ।

कावासोती नगरपालिका वडा नम्बर ७, ११, १२ र १३ मा गरी २७ घर निर्माण गर्न लागिएको हो । कावासोती ७ र १३ मा दश वटाका दरले घर निर्माण गरिने छ । वडा नम्बर ११ मा चार र वडा नम्बर १२ मा तीन वटा घर निर्माण गरिने छ । गएको आर्थिक वर्षमा कावासोती नगरपालिका–१५ मा १० वटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो ।

माझी मुसहर समुदायका परिवारलाई घर निर्माण गर्ने निर्णयअनुसार प्रक्रिया शुरु गरेको कावासोती नगरपालिका–१२ का अध्यक्ष एवं प्रवक्ता खेमप्रसाद काफ्लेले बताए । घर निर्माणका लागि प्रतिघर दुई लाख प्रदान गरिने छ । दुई कोठाको टिनले छाएको पक्की घर निर्माण गरिने कावासोती नगरपालिकाका प्रवक्ता काफ्लेले बताए ।

वडाका अति विपन्न परिवारलाई वडाले पहिचान गरी सिफारिस गरेअनुसार नगरपालिकाले घर निर्माण गर्न लागेको हो । घर यसै आवभित्रमा निर्माण गरी हस्तान्तरण गरिने नगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार ००:००