१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगानीको वातावरण बन्दैछः गभर्नर



फागुन ४, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मुलुकमा राजनीतिक स्थिरता कायम भई स्थीर सरकार बनेकाले लगानीको वातावरण बन्दै गएको बताएका छन् ।

एशोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको आज उद्घाटन गर्र्दै गभर्नर नेपालले देश आर्थिक रुपान्तरणको बाटोमा अघि बढेको सन्दर्भमा उचित लगानीका लागि वित्तीय विश्लेषणको महत्व रहेको उल्लेख गरे ।

सरकारले एक स्थानीय तह कम्तीमा एक बैंकको नीति लिएको र वित्तीय साक्षरता र वित्तीय पहुँच पनि बढ्दै गएको भन्दै उहाँले यसले आर्थिक गतिविधि बढउनका साथै वित्तीय अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे ।

नेपालको समग्र वित्तीय विश्लेषकको संस्थाका रुपमा एशोसिएसन स्थापना गरिएको छ । वित्तीय क्षेत्रको विश्लेषणमार्फत नेपालमा समग्र सामाजिक हितका लागि लगानी र पूँजी बजारमा नैतिकता, व्यावसायिकता र पारदर्शीता बढाउने उद्देश्यले चार्टर फाइनान्सियल एनालिष्ट (सिएफए) संलग्न सो संस्था नेपालमा स्थापना गरिएको हो ।

गत वर्षको अप्रिलमा एशोसिएसन गैर नाफामूलक संस्थाका रुपमा दर्ता भएको थियो । सिएफए पूरा गरेका एनालिष्ट नेपालमा १२ जना मात्र छन् भने ३ सय १७ विद्यार्थी अध्ययरत छन् । संस्थाले कानून नीतिनियम तर्जुमा गर्न सरोकारवालासँग छलफल गरेर नीति निर्माणकर्तालाई सुझाव दिनेछ ।

कार्यक्रममा लगानी बोर्डका सदस्य बालकृष्ण शिवाकोटीले लगानीबाट प्रतिफल निकाल्नु महत्वपूर्ण कुरा भएकाले प्रोफेसनल इन्भेष्टमेन्ट जस्ता संस्थाको भूमिका महत्व हुने बताए । सीएफए एशिया प्यासिफिकका निक पोलार्डले प्रोफेसनल इन्भेष्टमेन्टले पूँजी बजारको नैतिक विकासमा सहयोग पु¥याउने बताए ।

यसैबीच क्रियाशील चार्टर फाइनान्सियल एनालिष्ट (सिएफए) को सम्मेलन पनि सम्पन्न भएको छ ।

सम्मेलनमा चार्टर फाइनान्सियल एनालिष्टको क्षेत्रका सक्रिय स्वदेशी तथा विदेशी विज्ञ, यसमा अध्ययरत विद्यार्थी, यस क्षेत्रसँग सम्बन्धित नियामक निकाय धितोपत्र बोर्डका प्रतिनिधिका साथै बीमा, बैंकिङ, मर्चेण्ट बंैकिङ क्षेत्रका प्रतिनिधिसहित ३ सय जनाको सहभागिता थियो ।

एशोसियसनका अध्यक्ष डा मनोज शाहीले साना लगानीकर्ताको हितका लागि र समग्र वित्तीय विश्लेषणका लागि संस्थाले आफ्ना गतिविधि बढाउने बताए । रासस

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार ००:००