२८ चैत्र २०८०, बुधबार | Wed Apr 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश सरकार र उद्योग वाणिज्य महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर



फागुन १, विराटनगर । प्रदेश नं १ को विकास तथा समृद्धिमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सार्वजनिक, निजी र साझेदारी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र महासङ्घका अध्यक्ष भवानी राणाले मंगलबार सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा कृषि क्षेत्रमा व्यावसायिक उत्पादन, प्रशोधन र बजारीकरणका माध्यमबाट रोजगार, स्वरोजगारको सङ्ख्या वृद्धि गर्ने, हालको परनिर्भरताको अवस्थालाई आयात प्रतिस्थापनका माध्यमबाट विस्तारै कम गर्दै लैजाने, ग्रामीण पर्यटन र कृषि व्यवसायलाई सँगसँगै अघि बढाइ स्थानीयस्तरमै आयआर्जन र रोजगारी सिर्जना गर्ने, आगामी पाँच वर्षभित्रमा स्थानीय तहमा एक उद्योग स्थापना गर्न परियोजना बैंकको स्थापना गर्ने उल्लेख छ ।

यस्तै यो प्रदेशका १४ जिल्लामध्ये शुरुमा प्रदेश सरकारसँग सहकार्य गर्न पायक पर्ने स्थानमा प्रदेशस्तरको कृषि उद्यम केन्द्रको स्थापना र सञ्चालन गरी क्रमशः अन्य जिल्लामा अगाडि बढाउने कार्यक्रम रहेको समझदारी पत्रमा उल्लेख छ ।

सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले सरकारको एक्लो प्रयासले मात्र समृद्धि हासिल गर्न असम्भव रहेकाले यसका लागि निजी क्षेत्रसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले यो समझदारीले कृषि र रोजगारको क्षेत्रमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरिन् । रासस

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार ००:००