माघ २७, सुर्खेत । गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
वीरेन्द्रनगरमा आइतबार सम्पन्न भएको अधिवेशनले सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनको नेतृत्वमा १५ सदस्यीय कमिटी गठन गरेको हो ।

समितिको उपाध्यक्षमा जङ्गबहादुर शाही (दैलैख), सचिव खड्गराज सेजुवाल (कालीकोट), कोषाध्यक्ष महेन्द्रबहादुर शाह (जाजरकोट) र सहसचिवमा शिवा आर्चाय (जाजरकोट) लाई चयन गरिएको छ ।
सदस्यमा धीरबहादुर विष्ट, जयानन्द रावल, सविताकुमारी रोकाया, निर्मला राना, हिमाली रोकाया, बली रावत, निर्मला विष्ट र सीता ज्ञवालीलाई चयन गरिएको छ ।
नयाँ नेतृत्वलाई गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय प्रतिनिधि दल फडेराले शपथग्रहण गराएका थिए ।
नवनिर्वाचित अध्यक्ष सेनले विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच पर्याप्त समन्वय बढाउने प्रतिबद्धता जनाए । कर्णालीका ७९ स्थानीय तहमध्ये ५४ गाउँपालिका छन् । रासस
प्रतिक्रिया