१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशस नं १ः एक वर्षको अवधिमा २३ कानून निर्माण



माघ २२, धरान । प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन् । सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

प्रदेशसभाको २२३ दिनको अवधिमा जम्मा ७४ दिनमा ९७ पटक बैठक बसेको प्रदेश सचिवलायले जनाएको छ । समयको हिसाबले जम्मा ८८ घण्टा ३३ मिनेट संसद् बैठक बसेको थियो ।

सङ्घबाट लोकसेवा, प्रहरी, शिक्षा लगायतका ऐन बेलामा नबन्दा कानून बाझिने भएकाले थप कानून निर्माणमा अवरोध भएको सभामुख भण्डारीले बताए । प्रदेश १ बाट सबैभन्दा बढी कानून पारित भएको उनको भनाइ थियो ।

हालसम्मका ९७ बैठक तथा २३ कानून पारित गर्दा कुनै विवाद नभएको र बैठकसमेत एकै दिन पनि अवरोध नभएको सचिवालयले जनाएको छ ।

प्रदेश नं १ मा जम्मा ९३ प्रदेशसभा सदस्य रहेका छन् । जसमध्ये नेपाल कम्युनिष्ट पार्टी नेकपाका ६७, ९पूर्वएमाले ५१, पूर्वमाओवादी केन्द्र १६० नेपाली काङ्ग्रेस २१, सङ्घीय समाजवादी फोरम नेपाल तीन, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक एक रहेका छन् । रासस

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार ००:००