८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्ती नगरपालिकाः जैविक पर्यटकीय पार्कको डिपिआर तयार



माघ २२, भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा निर्माण हुन लागेको जैविक पर्यटकीय पार्कको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएको छ । शिखर हरियाली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र निर्माण हुन लागेको सो पार्कको डिपिआर निर्माण सकिएको हो ।

डिपिआर निर्माणसँगै एक महीनाभित्र निर्माणको काम शुरु गरिने उपभोक्ता समूहका अध्यक्ष केदार आचार्यले जानकारी दिए । बहुवर्षीय योजनाको रुपमा रहेको पार्क सात करोड ५० लाख लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न गरिने आचार्यले बताए । करीब १० लाखको लागतमा स्वराज कन्सल्टेन्टले डिपिआर निर्माणको काम सम्पन्न गरेको हो ।

निर्माणाधीन अवस्थामा नै तीन वर्षमा पार्क सञ्चालन गर्ने सामुदायिक वनको तयारी छ । घुम्न आउने पर्यटकलाई मनोरञ्जन प्रदान गर्नुका साथै वनस्पतीसम्बन्धी शिक्षा दिनु पार्क निर्माणको मुख्य उद्देश्य भएको आचार्यले बताए ।

पार्क निर्माणका लागि प्रदेश नं ३ सरकारले तीन करोड विनियोजन गरेको छ भने राप्ती नगरपालिका र सामुदायिक वनले समेत बजेट विनियोजन गरेका छन् । इको टुरिजम पार्कमा आकर्षक बगैँचा, पौडीपोखरी, भोजस्थल, विभिन्न आकर्षक पुल, विश्रामस्थल, चौतारो, टिकट घर, पार्किङस्थल, शौचालय लगायतका भौतिक संरचना निर्माण हुनेछन् । रासस

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार ००:००