१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँमा बैंक पुगेसँगै आर्थिक गतिविधिमा वृद्धि

लेखक स्थानीय खबर २० माघ २०७५, आइतबार २ मिनेट पढाइ

माघ २०, बैतडी । चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढ्न थालेको छ ।

सरकारले प्रत्येक स्थानीय तहमा बैंक पु¥याउने नीति अवलम्बन गरेपछि ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा परिवर्तन आउन थालेको हो । ग्रामीण क्षेत्रमा विभिन्न बैंकका शाखा स्थापनासँगै स्थानीय तहबाटै बैंकिङ कारोबार गर्न सजिलो भएको छ ।

सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले भने, “बैंक स्थापना भएसँगै बैंकिङ कारोवार गर्न सजिलो हुनुका साथै ग्रामीण अर्थतन्त्रमा पनि सुधार हुँदै गएको छ ।” गाउँपालिकाभरिको ८० प्रतिशत काम बैंकबाटै हुने गरेको र गाउँपालिकामा बाँकी रहेका विद्यालय तथा अन्य सङ्घसंस्थालाई पनि स्थानीय बैंकबाट गर्न अनुरोध गरेको उनले बताए ।

चेतनाको अभावका कारण सर्वसाधारणले बैंकिङ प्रणालीलाई झन्झटिलो मान्ने भएकाले त्यसलाई अन्त्य गरी विश्वसनीय एवं चुस्त बनाउन बैंकले सहजीकरण भएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाको भनाइ छ । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत अनिवार्य बनाएपछि वृद्ध तथा अपाङ्गता भएका व्यक्तिलाई घरघरमा पुगेर बैंकले सेवा पु¥याउँदै आएको छ भने वित्तीय सुशासनमा समेत सहयोग पुगेको उनले बताए ।

बैतडीका अधिकांश स्थानीय तहमा बैंकको शाखा स्थापनाले स्थानीय तह, विद्यालय, उपभोक्ता समिति, सहकारी संस्था लगायतको वित्तीय सुशासन एवं आर्थिक पारदर्शी बनाउन उल्लेख्य सहयोग पुग्दै आएको छ ।

स्थानीय तहमा खुलेका बैंकले कृषि कर्जामा दिएको प्राथमिकताबाट ग्रामीण भेगमा कृषि क्षेत्रको विकासमा सुधार, लगानी वृद्धि र व्यावसायिक कृषिको वातावरण बनाएको बताइएको छ ।

जिल्लाको सिगास गाउँपालिकामा कृषि विकास बैंक, शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैंक, पञ्चेश्वर गाउँपालिकामा नोबेल बैंक, पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ग्लोबल आइएमई बैंक, डिलाशैनीमा कुमारी बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंक र मेलौलीमा एनसिसी बैंकका शाखा स्थापना भइसकेका छन् ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा वाणिज्य बैंक लगायत अन्य बैंकका शाखा रहेका छन् भने पाटन नगरपालिकाका कृषि विकास बैंक लगायतका शाखा छन् । रासस

प्रकाशित मिति : २० माघ २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।