१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाँदबारीमा निःशुल्क आँखा तथा कान परिक्षण शिविर सञ्चालन



माघ १६, सङ्खुवासभा । खाँदबारी नगरपालिकामा आयोजित निःशुल्क आँखा तथा कान जाँच शिविरमा आठ हजार पाँच सयभन्दा बढी व्यक्तिले सेवा लिएका छन् ।

खाँदबारी नगरपालिका र नेपाल नेत्रज्योति सङ्घ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको संयुक्त आयोजनामा भएको सो शिविरमा नगर क्षेत्रभित्रका ३८ विद्यालयका सात हजार विद्यार्थी तथा एक हजार पाँय सय बढी स्थानीयवासीले आँखा र कान जाँच गराएका थिए ।

पन्चानब्बे जनामा मोतियाविन्दु भेटिएको छ भने ३०० विद्यार्थीको पुनः आँखा जाँच गर्नुपर्ने देखिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका इन्चार्ज क्षितिज बरालले जानकारी दिए ।

“उनीहरुलाई खाँदबारी अस्पतालका लागि सिफारिश गरिएको छ,” उनले भने । चालीस विद्यार्थी तथा ६० स्थानीयवासीको कानको जालीमा प्वाल परेको भेटिएको छ । मोतियाविन्दुका रोगीको शल्यक्रिया माघ २५ र २६ गते गरिने बरालले बताए । शिविरमा ६०० जनलाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।

वनका पाँच सम्मानित

खाँदबारी नगरपालिका–४ सेकाहास्थित लहरी च्यानेदर्जे डाँडा सामुदायिक वनले समूहमा रही उत्कृष्ट काम गरेका पाँच उपभोक्तालाई सम्मान गरेको छ । उत्कृष्ट काम गर्ने इन्द्रबहादुर गुरुङ, लछिमाया राई, लाक्पाछेकी शेर्पा र साङ्गे शेर्पालाई सम्मानपत्रद्वारा सम्मानित गरिएको हो ।

पाँचै जनालाई समूहका अध्यक्ष लक्ष्मीप्रसाद कोरङ्गी र जिल्ला वन कार्यालयका वनरक्षक टीका तामाङले सम्मान गरेका हुन् । वन समूहको आम्दानीले विद्यालय, स्वास्थ्यचौकी र बाटोघाटो निर्माण गरिँदै आएको छ । विसं २०५१ मा गठन भएको सो सामुदायिक वनमा २२६ उपभोक्ता छन् । रासस

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार ००:००