१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारपाक सुलीकोट गाउँपालिकाः खानेपानी आयोजना हस्तान्तरण



माघ १६ गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ राङरुङमा निर्माण सम्पन्न खानेपानी आयोजना स्थानीयवासीलाई हस्तान्तरण गरिएको छ ।

नेपालका लागि फिनल्याण्डका राजदूत पोटी एन्टिनेटले मङ्गलबार सो आयोजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरे ।

उक्त आयोजना कूल आठ लाख १५ हजारमा निर्माण भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर गुरुङले जानकारी दिए । युनिसेफको सहयोगमा निर्माण भएको सो आयोजनाबाट त्यस क्षेत्रका बासिन्दा लाभिान्वित भएका छन् ।

भूकम्पपछि खानेपानीको समस्या हुँदा त्यहाँ खानेपानीको आयोजना निर्माण गरिएको हो । युनिसेफ र श्री स्बारा सघन गाउँ विकास केन्द्र गोरखाको साझेदारीमा सो आयोजना निर्माण सम्पन गरिएको हो । रासस

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार ००:००