१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौतारा नगरपालिकामा महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा



माघ ८, मेलम्ची । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले महिलाका लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ ।

सोमबारदेखि शुरु भएको कक्षामा ५० विद्यार्थी सहभागी छन् । बिहान ११ देखि बेलुका ५ बजेसम्म चल्ने कक्षामा दिवा खाजा र प्रतिविद्यार्थी रु एक हजार बराबरको स्टेशनरीको समेत व्यवस्था गरिएको छ ।

चौतारा बहुमुखी क्याम्पसमा आउँदो फागुन ७ गतेसम्म तयारी कक्षा सञ्चालन गरिने छ । नायब सुब्बास्तरको परीक्षाका लागि सञ्चालन गरिएको तयारी कक्षामा पाँच जना शिक्षकले पढाइरहेका छन् । कक्षामा लामा र छोटा प्रश्नहरू, त्यसको उत्तर, लोकसेवा परीक्षाको लेखनशैली, स्मरण शक्तिका लागि आवश्यक सूत्रहरू, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाको तयारी लगायतका विषयमा पढाइने जनाएको छ ।

नगरपालिकाको बजेटबाट तयारी कक्षा सञ्चालन गरिएको नगर उपप्रमुख जानुका पराजुलीले जानकारी दिइन् । “नगरपालिकाले महिलाका लागि छुट्याएको बजेटबाट नै तयारी कक्षा सञ्चालन गरेका हौँ,” उपप्रमुख पराजुलीले भनिन्, ““यसले महिलाको व्यक्तित्व विकास र भविष्य निर्माणमा गुणात्मक परिणाम दिने अपेक्षा गरेका छौँ ।”

यस्ता कार्यक्रमले महिलालाई पुरुषसँग खुल्ला प्रतिस्पर्धा गर्ने हैसियतमा पु¥याउने उनले दाबी गरिन् । “हामी लोकसेवाको तयारी कक्षा पढ्न काठमाडौँ नै जानुपर्ने बाध्यता थियो, नगरपालिकाले एकदमै राम्रो कार्यक्रम ल्याएको छ,” तयारी कक्षा पढिरहेकी रस्मिता नेपालीले भनिन्, ““हामी अत्यन्तै उत्साहित छौँ, यो कक्षाले लोकसेवामा नाम निस्कन्छ भन्नेमा पनि आशावादी छौँ ।”

कक्षामा सहभागी अर्का विद्यार्थी अस्मिता अधिकारीले नगरपालिकाले दीर्घकालीन सोच राखेर कार्यक्रम ल्याएकोमा खुशी व्यक्त गर्दै भनिन्, “तयारी कक्षाले हामीलाई आशावादी र उत्साहित बनाएको छ,” अधिकारीले भनिन् । रासस

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार ००:००