२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाप्राकको नमूनाबस्ती निर्माणमा ढिलाइ



माघ ७, गोरखा । धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखामा बन्न लागेको एकिकृत नमूनाबस्ती निर्माणमा ढिलाइ भएको छ । गैरआवासीय नेपाली सङ्घ एनआरएन ले जिम्मा लिएको नमूनाबस्ती निर्माणमा काठको अभाव भएपछि ढिलाइ भएको हो ।

लाप्राकका भूकम्पपीडितलाई पुनःस्थापना गर्नका लागि एक वर्षभित्र सम्पन्न गर्ने गरी २०७३ असोजदेखि नमूनाबस्ती निर्माण थालिएको हो । अहिलेसम्म ७५ प्रतिशत काम सम्पन्न भएको एनआरएनका परियोजना प्रबन्धक लक्ष्मण अर्यालले जानकारी दिए ।

लाभग्राहीले प्रतिपरिवार ५३ क्यूफिट काठ उपलब्ध गराउनुपर्ने भए पनि उनीहरुले उपलब्ध गराउन नसक्दा निर्माणमा ढिलाइ भएको हो । “गुप्सीपाखामा काम गर्न सजिलो छैन,” अर्यालले भने । निर्माणमा ढिलाइ भएपछि गाउँपालिकाले स्थानीयवासी र एनआरएनका पदाधिकारीसँग छलफल थालेको छ । स्थानीयवासीले ढुङ्गा र गिटी उपलब्ध गराए पनि काठ उपलब्ध गराउन नसक्ने बताएका छन् ।

कतिपय घरमा महिला तथा बालबालिका मात्र छन् । उनीहरुले काठ बोकेर ल्याउन सक्ने अवस्था छैन । स्थानीयवासीले प्रत्येक घरमा शौचालयसमेत निर्माण गरी दिन एनआरएनसँग आग्रह गरेका छन् । एनआरएनले आउँदो वैशाखसम्म घर निर्माण गरिसक्ने लक्ष्य लिएको इञ्जिनीयर अर्यालले बताए ।

हालसम्म करीब ५०० घरको पहिलो तल्लाको काम सकिएको छ भने १२५ घरको दोस्रो तल्ला र ३७० घरको ट्रस्ट राख्ने काम भइरहेको अर्यालले जानकारी दिए । रासस

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार ००:००