२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँचखाल नगरपालिकाले मोटरसाइकलको बजेटबाट दमकल किन्ने



माघ ५, काभ्रे । पाँचखाल नगरपालिकाले चालू आर्थिक वर्षमा वडाध्यक्षलाई मोटरसाइकलका लागि छुट्याइएको बजेटले दमकल खरीद गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख महेश खरेलले कार्यपालिकाले मोटरसाइकलका लागि छुट्याएको बजेटले दमकल खरीद गर्ने निर्णय गरेको बताए ।

नगरको चालू आर्थिक वर्षमा रु २१ लाख ७५ हजार वडाध्यक्षका लागि मोटरसाइकल खरीद गर्न बजेट छुट्याइएको थियो । त्यस बजेटमा नगरको समग्र एकीकृत योजनाको केही रकम तथा अन्य खर्च जोगाएर करीब रु ७१ लाखमा दमकल खरीद गरिने खरेलले जानकारी दिए ।

नगरको आवश्यकतालाई प्राथमिकता दिएर मोटरसाइकलको बजेट दमकल खरीद गर्ने प्रक्रियामा सबै वडाध्यक्षले सहयोग गरेको नम्बरका वडाध्यक्ष पुष्कर ढकालले बताए ।

पाँचखाल क्षेत्रमा आगलागी हुँदा समस्या झेल्नु परिरहेको ढकालले बताए । गतसाल नगर प्रमुखलाई गाडी खरीद गर्न छुट्याइएको रु ४५ लाख तीन वडाका बासिन्दाका लागि खानेपानी व्यवस्थापनमा राखिएको थियो । रासस

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार ००:००