४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धादिङमा खानीजन्य पदार्थ उत्खनन् गर्न कडाई



माघ ५, धादिङ । जिल्लामा खानीजन्य र नदीजन्य पदार्थको अनियमित उत्खनन् र निकासीमा कडाई गरिएको छ ।

अनियन्त्रित रुपमा सञ्चालित बालुवा, ढुङ्गा र गिट्टी खानीका कारण वातावरणमा प्रतिकूल प्रभाव परिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला अनुगमन समितिले विशेष कार्यदल बनाएर कडाइ शुरु गरेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए ।

त्यस्ता खानी बन्द गराइएपनि अझै पनि केही खानी सञ्चालनमा रहेको सूचना आएकाले निगरानी गरी कारवाही शुरु गरेको हो ।

सबै स्थानीय तहले ढुङ्गा, गिट्टी र बालुवालगायत प्रकृतिक स्रोतबाट कर असुल्न ठेक्का लगाइसकेकाले पूर्ण रोक लगाउन समस्या भएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले अवैध रुपमा खानी नचलाउन सूचना जारी गर्दै त्यस्तो गरेको भटिएमा खानीका सबै सरसामान नियन्त्रणमा लिने र सञ्चालकलाई कानूनी कारवाही गर्ने जनाएको छ ।

जिल्लामा अहिले सरकारले मुआब्जा वितरण गरिसकेको बूढीगण्डकी जलविद्युत् आयोजनाको जमीनमा यस्ता गतिविधि बढ्दो रुपमा देखिएको छ । त्रिशूली नदी क्षेत्रमा समेत अवैध रुपमा बालुवा प्रशोधन र आसपासको क्षेत्रमा वातावरणीय परीक्षणविना खानी उत्खनन् भइरहको छ । रासस

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार ००:००