१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा बँदेल आतङ्क



माघ ४, परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका १ मा बँदेल आतङ्क बढेको छ । सो वडाका पथरहिया, सालबास, आनन्दनगर, सिमलटारी, बासाबसही लगायत गाउँमा दिनहुँ बँदेलले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रस्त भएका छन् ।

नजिकैको जङ्गलबाट आएका बँदेलले आतङ्क मच्चाउनाका साथै अहिलेसम्म चारजनालाई घाइते बनाइसकेको छ । बँदेलले खेतमा लगाइएको हिउँदे बालीलाई नोक्सानी पु¥याउनाका साथै मानिसलाई आक्रमण गर्न थालेपछि दिउँसोको समयमा एक्लै हिँड्न पनि गाह्रो भइरहेको स्थानीयवासी बताउँछन् ।

बँदेलको आक्रमणमा परी सरावल १ बस्ने वैजनाथ कामीको ११ वर्षीया छोरी रीता विक, वडा नं २ स्थित कुटी बस्ने वर्ष २५ का रामप्रसाद महतो, वडा नं १ बस्ने वर्ष २८ का प्रेम नारायण महतो र रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–११ बस्ने वर्ष २५ का भुवन महतो घाइते भएको बर्दघाट सवडिभिजन वन कार्यालयका रेञ्जर जयप्रकाश यादवले जानकारी दिए ।

घाइतेमध्ये चिन्ताजनक अवस्थाकी ११ वर्षीया रीता विकलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा लगिएको छ भने अन्य तीन घाइतेको देवदह मेडिकल कलेजमा उपचार भइरहेको रेञ्जर यादवले बताए ।

बँदेल आक्रमण गरेको थाहा पाएलगत्तै उक्त कार्यालयका दुई कर्मचारी र बासाबसही प्रहरी चौकीका प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो ।

व्याडमिन्टनको बन्द प्रशिक्षण

दक्ष र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले पश्चिम नवलपरासीमा व्याडमिन्टनको बन्द प्रशिक्षण शुरु भएको छ । नवलपरासीको जिल्ला व्याडमिन्टन सङ्घ र परासीको रामग्राम व्याडमिन्टन क्लबको संयुक्त आयोजनामा परासीस्थित व्याडमिन्टन कभर्ड हलमा प्रशिक्षण सञ्चालन गरिएको हो ।

स्वास्थ्य र मनोरञ्जनका लागि मात्रै नभई राष्ट्रियस्तरका अब्बल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको जिल्ला व्याडमिन्टन सङ्घका अध्यक्ष शङ्कर भण्डारीले जानकारी दिए । पश्चिम नवलपरासीका व्याडमिन्टन खेलाडीको सहभागिता रहेको सो प्रशिक्षणमा पूर्व राष्ट्रिय खेलाडी धर्मराज श्रेष्ठले प्रशिक्षण दिनेभएका छन् । प्रशिक्षण १५ दिनसम्म सञ्चालन हुनेछ । प्रशिक्षक नहुँदा परासीका व्याडमिन्टन खेलाडीले आफैँ नियमति अभ्यास गर्दै आएका थिए खेलाडीले आफ्नै खर्चमा प्रशिक्षण सञ्चालन गरेको रामग्राम व्याडमिन्टन क्लबका अध्यक्ष मेघराज गौतमले बताए । रासस

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार ००:००