१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुरमा २७० घरको पुनर्निर्माण सम्पन्न



माघ १, भोजपुर । भोजपुरमा हालसम्म २७० घरको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि अहिलेसम्म २७० घरको मा पुनर्निर्माण सम्पन्न भएको हो ।

भूकम्पबाट पूर्ण क्षति भएका जिल्लाका पाँच हजार १६७ घरमध्ये हालसम्म २७० जनाले तेस्रो किस्ताको रकम बुझेको जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय भोजपुरले जनाएको छ ।

दुई हजार ५३६ जनाले दोस्रो किस्तावापत रकम बुझिसकेका छन् भने पाँच हजार ७१ जनाले पहिलो किस्ताको रकम बुझेको सो कार्यालयका नायब सुब्बा हरिकृष्ण दाहालले जानकारी दिए ।

पुनर्निर्माणअन्तर्गत पहिलो किस्ता लिएर पारिवारिक समस्याको कारण देखाउँदै एक जनाले भने रकम फिर्ता गरेको कार्यालयले जनाएको छ । जिल्लामा प्रबलीकरणको सङ्ख्या ४५३ रहेकामा हालसम्म १८४ जनाले सम्झौता गरी निकासा लिएको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : १ माघ २०७५, मंगलबार ००:००