१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बूढीगङ्गा गाउँपालिकाले कर घटाउने



पुस २५, पथरी । बूढीगङ्गा गाउँपालिकाले व्यवसाय कर घटाउने भएको छ । व्यवसायीको अनुरोधलाई सम्बोधन गर्न गाउँपालिकाले व्यवसाय कर घटाउने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष बालचन्द चौधरीका अनुसार गाउँपालिकाको राजश्व समितिले कुन कुन किसिमका उद्योगलाई के कति कर लगाउने भन्नेबारे सुझाव पेश गरेको थियो । “उद्योगबाट लिँदै आएको व्यवसाय कर यसै आर्थिक वर्षदेखि हटाउँछौँ,” उनले भने । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले व्यवसाय कर घटाउन बारम्बार दबाब दिँदै आएको थियो ।

अब कुटिर उद्योगले वार्षिक पाँच हजार कर तिर्नुपर्नेछ । यसअघि ती उद्योगले १० हजार तिर्दैआएका थिए । बूढीगङ्गामा १६ घरेलु उद्योग छन् । साना उद्योगले अब वार्षिक ५० हजार मात्रै कर तिनुपर्ने छ । यसअघि एक लाख व्यवसाय कर तिर्दै आएका थिए । बूढीगङ्गामा ५४ साना उद्योग रहेको प्रमुख प्रशाशकीय अधिकृत विनोद न्यौपानेले बताए । यहाँ १९ मझौला उद्योग छन् ।

गाउँपालिकामा रहेका ठूला उद्योग आरती स्ट्रिप्स, पायनियर वायर, प्रिमियर वायर, नेपाल लिकर्स, हुलास वायर, अल्ट्राटेक बन्धन सिमेन्ट र स्वस्तिक आयललाई प्रतिउद्योग पाँच लाख व्यवसाय कर तोकिएको न्यौपानेले बताए । गाउँसभाले पारित गरेपछि मात्र आर्थिक ऐन संशोधन हुन्छ । व्यवसाय करको परिमार्जित दर लागू हुन्छ ।

व्यवसाय करलाई माघमा हुने अर्को गाउँसभाले परिमार्जन गर्ने अध्यक्ष चौधरीले बताए । उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले अन्य करसमेत घटाउन माग गरे । रासस

प्रकाशित मिति : २५ पुस २०७५, बुधबार ००:००