७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषकलाई आत्मनिर्भर बनाउन प्रोत्साहन कार्यक्रम सञ्चालन



पुस २४, सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीका किसानलाई आत्मनिर्भर बनाउन प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको बताएकी छन् ।

राष्ट्रिय किसान आयोगले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘प्रदेश तथा केन्द्रस्तरमा कृषि प्रसार, अनुसन्धान र विकास तथा किसानका समसामयिक समस्या’ सम्बन्धी छलफल कार्यक्रममा उनले भनिन्, “ किसानको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि प्रदेश सरकारले प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको हो ।”

प्रदेश सरकारका प्रवक्तासमेत रहेकी मन्त्री केसीले कर्णालीका किसानलाई प्रत्यक्षरुपमा राहत हुने गरी कृषक पेन्सन, गरीबी तथा वास्तविक कृषकको पहिचान, किसान सरकार हातेमालो कार्यक्रम लगायत सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् ।

कर्णाली प्रदेशको समृद्धिको पहिलो आधार कृषि क्षेत्रलाई बनाएर सोहि अनुरुप कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उनले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणको व्यवस्था सरकारले गर्ने जानकारी दिइन् ।

कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी लगायतले कृषि क्षेत्रको समस्या र यसको न्यूनीकरणका लागि प्रदेश सरकारको दायित्वका विविध पक्षमाथि प्रकाश पारे । रासस

प्रकाशित मिति : २४ पुस २०७५, मंगलबार ००:००