१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बनियानी खोलाको पुल सञ्चालन



पुस २३, दमक । झापाको शिवसताक्षी नगरपालिका २ र ७ जोड्ने बनियानी खोलाको पुल सञ्चालनमा आएको छ । नगरप्रमुख चन्द्रकुमार शेर्माले नवनिर्मित सो पुलको आइतबार उद्घाटन गरे ।

नगर प्रमुख शेर्माले वर्षौँदेखि उक्त खोलामा पुल नहुँदा आवतजावतमा समस्या भएकाले अब स्थानीय जनतालाई पुल सञ्चालनले ठूलो राहत मिलेको बताए । खोलामा पुल नहुँदा त्यस क्षेत्रका बासिन्दाले वर्षायामभरि आवगमनमा कठिनाइ भोग्दै आउनुपरेको थियो । ३२ फुट लम्बाइ २४ फुट चौडाइ रहेको पुल ४५ को लाख लागतमा निर्माण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

वडा कार्यालयलाई ३० लाखको जग्गा

झापा, कमल गाउँपालिका ७ को कार्यालय भवन निर्माणका लागि स्थानीय दाताले पाँच कट्ठा जमीन निःशुल्क उपलब्ध गराएका छन् ।

कमल गाउँपालिका ७ घर भएका आमा देवीमाया, छोराद्वय टङ्क र गोविन्द चम्लागार्इंले संयुक्तरुपमा करीब ३० लाख मूल्य पर्ने पाँच कट्ठा जमीन दिएको वडा कार्यालयले जनाएको छ ।

दाताले आइतबार मालपोत कार्यालय दमकमार्फत वडा कार्यालयलाई जग्गा रजिष्ट्रेशन पास गरिदिएको वडाध्यक्ष पृथीपति राईले बताए । दाता परिवारले स्थानीय सरस्वती माध्यमिक विद्यालय नजिकै दिएको जग्गामा यसै वर्षदेखि वडा कार्यालयको भवन निर्माण शुरु गरिने वडाध्यक्ष राईले जानकारी दिए । रासस

प्रकाशित मिति : २३ पुस २०७५, सोमबार ००:००