१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर महानगर–२२ मा आयुर्वेद औषधालय भवनको शिलान्यास



पुस २२, चितवन । भरतपुर महानगरपालिका वडा नं २२ पटिहानीमा आज आयुर्वेद औषधालय भवनको शिलान्यास गरिएको छ ।

महानगर प्रमुख रेनु दाहालले भवनको शिलान्यास गरेकी हुन् । आयुर्वेदिक औषधालयको सुविधा सम्पन्न सो भवन सरकारको १ करोड ७८ लाख रुपैयाँमा निर्माण गर्न लागिएको हो । दुईतले सो भवन डेढ बर्षभित्र निर्माण गरिसक्ने छ ।

सो अवसरमा महानगर प्रमुख दाहालले अबको विकास गाउँकेन्द्रित हुनुपर्ने बताइन् । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खेललगायतका क्षेत्रमा विकासलाई प्राथमिकता दिएको बताउँदै उनले विकास हेर्न चाहनेले पश्चिम चितवनलाई हेर्न आग्रह गरिन् । उनले गाउँको विकासलाई लक्षित गरी काम अगाडि बढाइएको र आफू पनि गाउँकै भएकाले गाउँको विकासलाई प्राथमिकता दिएको बताइन् ।

स्वास्थ्यमा अन्य असर नपर्ने हुँदा आयुर्वेदिक उपचार प्रति सबै सकरात्मक रहेको उनले बताईन् । “भरतपुर मेडिकल हब बनेको छ । भरतपुर अस्पताल केन्द्रीय अस्पतालमा पर्न सफल भएको छ,” उनले भनिन्, “क्यान्सर अस्पतालले दक्षिण एशिया स्तरीय सेवा दिएको छ । यसलाई प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढाइनेछ ।” रासस

प्रकाशित मिति : २२ पुस २०७५, आइतबार ००:००