१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सवारीसाधनमा ज्येष्ठ र असक्त नागरिकलाई ५० प्रतिशत छुट



पुस १८, भोजपुर । जिल्लाको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारीसाधनमा छुट गराएको छ । गाउँपालिकाले यातायात व्यावसायीसँग सहकार्य गरेर त्यस्ता व्यक्तिलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए ।

छुटको व्यवस्था कार्यान्वयनका लागि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असक्तलाई तत्काल परिचयपत्र दिने गाउँपालिकाले जनाएको छ । साथै गाउँपालिकाले सवारी दुर्घटना न्यूनीनकरण गर्न सवारी चालक अनुमतिपत्र नबोक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारवाही गर्ने भएको छ ।

कालाजारका रोगी फेला

जिल्लामा कालाजारको बिरामी फेला परेपछि यसको नियन्त्रणका लागि विशेष योजना बन्ने भएको छ । जिल्लाको अरुण गाउँपालिका २ चम्पेमा दुई व्यक्तिमा यो रोग देखिएपछि अन्यत्र फैलिन नदिन विशेष योजना बनाएर उपचार गरिने भएको हो ।

कालाजारको रोकथामका लागि स्थानीय तहले खेल्नुपर्ने भुमिकाको विषयमा मङ्गलबार जानकारी दिइएको छ । भुसुनाको माध्यमबाट सर्ने भएकाले यो रोग शुरुआती अवस्थामै पहिचान गरेर उपचार गर्नु राम्रो हुने कार्यक्रममार्फत जानकारी गराइएको छ ।

कालाजारका लक्षण विषेशगरी हल्का ज्वरो, कमजोरी महसुस र भोक नलाग्नु जस्ता कारणले शुरु हुने र थुप्रै सातामा तीव्र ज्वरो, रक्तअल्पता, कलेजो डढ्नु, चिढिनु, छाला कालो हुनु, पेट फुल्नु, जस्ता लक्षण देखिने हुनाले भुसनाबाट बच्नुपर्ने क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख कृष्ण मिजारले जानकारी दिुए ।

रुखले किच्दा एकको मृत्यु

भोजपुरको षडानन्द नगरपालिका ४ साङराङमा रुखले किच्दा एक जनाको मृत्यु भएको छ । मङ्गलबार साँझ रुद्राक्षको रुख ढाल्ने क्रममा सोही रुखले किच्दा स्थानीय ५५ वर्षीय दुर्गाबहादुर राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रमुख अमतलाल माझीले जानकारी दिए । आवश्यक प्रक्रिया पूरा गरी शवलाई परीक्षणका लागि सुङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारी पठाएको माझीको भनाइ छ । रासस

प्रकाशित मिति : १८ पुस २०७५, बुधबार ००:००