७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठोरी वासीले गरे गाउँमै सिंहदरबार आएको अनुभूति



पुस १२, वीरगञ्ज । ठोरी गाउँपालिका ४ की कृति श्रेष्ठले घरदैलोमै वंशजको नाताले नेपाली नागरिकता पाउँदा गाउँमै सिंहदरबार आएको अनुभूति गरेकी छिन् ।

ठोरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, जिराचनानी गाउँपालिका तथा पटेर्वा सुगौली गाउँपालिकालाई लक्षित गरी सुपौलीमा इलाका प्रसाशन कार्यालय स्थापना भएपछि कृति श्रेष्ठलाई मात्र होइन सो क्षेत्रका एक लाखभन्दा बढीलाई आफ्नै गाउँठाउँबाट नागरिकता लिन सजिलो भएको छ ।

“उहिले नागरिकता लिनका लागि भारतीय बजार भिखना ठोरी हुँदै नरकटियागञ्ज–रक्सौल पसेर जिल्ला प्रसाशन कार्यालय वीरगञ्ज आउनु पर्दथ्यो,” निर्मल बस्तीका लालबहादुर श्रेष्ठले भने, “नागरिकता लिन तीन दिन वीरगञ्ज बस्नुपर्ने बाध्यता अब इलाका प्रशासन कार्यालय स्थापना भएसँगै यो समस्या समाधान भएर गएको छ ।”

विसं २०७२ मा तत्कालीन सरकारको निर्णय अनुसार पर्सा क्षेत्र नं ४ को जीरा भवानी गाउँपालिकाको सुपौलीमा बुधबार विधिवत्रूपमा सञ्चालनमा आएको इलाका प्रशासन कार्यालयमा नागरिकता लिनेहरूको भीड बढ्दैछ ।

नागरिकता बिना वृद्ध भत्ता, सामाजिक भत्ता, विधवा भत्ता, जन्मदर्ता, मुत्यु दर्ता जस्ता समस्या झेलिरहेका यस भेगका जनतालाई इलाका प्रशासन कार्यालयको स्थापना भएपछि सिंहदरबार गाउँमै आएको अनुभूति भएको छ । निर्मल बस्तीका मानबहादुर श्रेष्ठले भने, “सरकारले अब यस क्षेत्रमा मालपोत, नापी र भूमिसुधार कार्यालय समेत स्थापना गर्नुपर्छ ।”

बुधबार एक कार्यक्रमबीच पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले कृति श्रेष्ठलाई वंशजको नागरिकता दिँदै इलाका प्रशासन कार्यालयको कामको शुभारम्भ गरेका थिए । सो अवसरमा प्रजिअ भट्टराईले विकासका योजनाहरू शुरु हुने तर सम्पन्न नहुने र सम्पन्न भए पनि गुणस्तरीय नहुने भएकाले यसप्रति स्थानीय सरकार गम्भीर हुनुपर्ने बताए ।

जिरा भवानी गाउँपालिकाका अध्यक्ष रामप्रीत महतो थारूको सभापतित्वमा भएको इलाका प्रशासन कार्यालयको उद्घाटन कार्यक्रममा उपाध्यक्ष उषा चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, पूर्वसांसद जयप्रकाश थारू लगायत वक्ताहरूले गाउँमै नागरिकता पाउँदा यहाँ बासिन्दा गाउँमै सिंहदरबार आएको अनुभूति भएको बताएका छन् । रासस

प्रकाशित मिति : १२ पुस २०७५, बिहिबार ००:००