१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यास गाउँपालिकाः ‘बर्थिङ सेन्टर’मा प्रसूति गराए पुरस्कार



पुस ८, दार्चुला । ब्यास गाउँपालिका–५ ले पहिलो पटक स्थापना गरेको नयाँ ‘बर्थिङ सेन्टर’मा बच्चा जन्माए पुरस्कार दिइने भएको छ ।

धौलाकोट बर्थिङ सेन्टर गाउँपालिकाको १० लाख रुपैयाँ अनुदानमा निर्माण भएको हो । मातृशिशु स्वास्थ्यलाई ख्याल गरि निर्माण गरिएको बर्थिङ सेन्टरमा पहिलोचोटी उपचार गर्न आउनेलाई ५ हजार रुपैयाँ प्रोत्सहान भत्ता दिइनेछ ।

यसैगरि दोस्रो पटक आउनेलाई ३ हजार रुपैयाँ र तेस्रो चोटी आउनेलाई २ हजार रुपैयाँ भत्ता दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले जानकारी दिए ।

उक्त सेन्टरमा प्रसूतिका लागि गर्भवतीलाई ल्याउने स्वास्थ्य स्वयंसेविकालाई समेत गाउँपालिकाले भत्ता उपलब्ध गराउने व्यवस्था गरेको अध्यक्ष बुढाथोकीले बताए ।

यसैगरी पहिलो पटक प्रसूतिका लागि उक्त सेन्टरसम्म ल्याउने स्वयंसेविकालाई गाउँपालिकाले १ हजार रुपैयाँ, दोस्रो पटकका लागि ७ सय रुपैयाँ र तेस्रो पटकका लागि ५ सय रुपैयाँ भत्ता दिइनेछ । यस्तै आमा समूलाईसमेत प्रोत्साहन रकम उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । पहिलो पटक प्रसूतिका लागि बर्थिङ सेन्टरमा ल्याउने आमा समूहलाई पनि महिला स्वास्थ्य स्वयंसेविकाकै सरह गाउँपालिकाले भत्ता उपलब्ध गराउने छ ।

यसअघि बर्थिङ सेन्टर नहुँदा धौलाकोटका गर्भवती महिला सुनसेरा, हुती र खलङ्गास्थित जिल्ला अस्पताल आउनुपर्ने बाध्यता थियो । पहिलो पटक गाउँमै प्रोत्साहन रकमसहित बर्थिङ सेन्टर स्थापना भएपछि अहिले नियमित गर्भवती जाँचका लागि महिला आउन थालेको बर्थिङ सेन्टरका अनमी कमला कठायतले बताइन् । हाल वडाभर हाल ४५ गर्भवती महिला छन् भने पुसभित्र सुत्केरी हुने महिला पुगेको छ । रासस

प्रकाशित मिति : ८ पुस २०७५, आइतबार ००:००