८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगरले दियो ७५ गाई भैँसीलाई सुत्केरी भत्ता



पुस ६, भरतपुर । रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भैंसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँ आयोजित कार्यक्रममा पशुपालक किसानलाई सुत्केरी भत्ता स्वरुप जनही ५ सय रुपैयाँ बितरण गरेका छन् ।

सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा २० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

भत्तास्वरुप वितरण गरिएको रकम पर्याप्त नभएकाले आगामी वर्ष त्यसलाई वृद्धि गरिने नगरप्रमुख वनले जानकारी दिए । साथै किसानलाई पशुपालनका लागि प्रोत्सहान र पशुको सम्मानका लागि भत्ता वितरण गरिएको बताए ।

नगरका वडा नं. १, ४, ६, ७, ८ का ४१ र झुवानीका ३२ किसानले पालेका ३४ सुत्केरी पशुलाई भत्ता दिइएको नगरपालिकाका पशुपछी शाखा प्रमुख शालिग्राम पौडेलले जनाकारी दिए । रत्ननगरमा वार्षिक ६ हजार गाई भैँसीमा कृत्रिम गर्भाधान हुने गरेकामा करीब २ हजार गाई भैँसी ब्याउने गरेको उनले जानकारी दिए । रासस

प्रकाशित मिति : ६ पुस २०७५, शुक्रबार ००:००