१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेलायतमा रहेका तेह्रथुमबासीको सहयोगमा म्याङलुङ क्याम्पसमा भवन निर्माण



पुस ५, तेह्रथुम । तेह्रथुममा जन्मिएर बेलायतमा रहेकाहरूको सँस्था तेह्रथुम समाज युकेको सहयोगमा म्याङलुङ बहुमुखी क्याम्पसको भवन निर्माण गरिएको छ ।

११ लाख १८ हजार रुपैयाँमा क्याम्पसको एक भवन भवन निर्माण गरिएको छ । नवनिर्मित उक्त भवन बुधबार प्रदेशसभा सदस्य तेजमान कन्दङ्वाले उद्घाटन गरेका छन् ।

कार्यक्रममा उक्त क्याम्पसका लागि उल्लेखनीय योगदान पु¥याउनु हुने दाता संस्थाका पूर्वअध्यक्ष सूर्य खापुङ र क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाश ढुङ्गानालाई सम्मान गरिएको थियो ।

निःशुल्क आँखा शिविर

आँखा रोगीलाई लक्षित गरी तेह्रथुममा तीनदिने निःशुल्क आँखा शिविर शुरु भएको छ । जिल्लास्थित नेपाल रेडक्रस सोसाइटी र आँखा उपचार केन्द्रको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरको पहिलो दिन बुधबार २ सय ९४ जनाको आँखा जाँच गरिएको थियो ।

शिविरमा २४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको रेडक्रसका कार्यक्रम संयोजक पूर्ण श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा विराटनगर आँखा अस्पतालका डा मनिष पाण्डे नेतृत्वको टोलीले निःशुल्क आँखा जाँच, परामर्श, औषधि वितरण, चश्मा वितरण तथा शल्यक्रियाको काम गरिरहेको छ ।

यस्तै, छथर गाउँपालिकाको शुक्रबारे बजारमा पनि यही पुस ८, ९ र १० गते शिविर सञ्चालन गर्ने तयारी रहेको रेडक्रसका मन्त्री गजेन्द्र कन्दङवाले बताए ।

प्रकाशित मिति : ५ पुस २०७५, बिहिबार ००:००