१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेत्रावती खुला दिसामुक्त गाउँपालिका



पुस २, धादिङ । नेत्रावती डब्जोङ गाउँपालिकालाई आइतबार खुला दिसामुक्त गाउँपालिका घोषणा गरिएको छ । यसअघि तत्कालीन मुरलीभञ्याङ र मैदी गाविसले खुल्ला दिसामुक्त गाविस घोषणा भइसकेका छन् । पुस महिनाभित्र धादिङलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको बताइन्छ ।

नेतृत्व विकासका लागि भाषणकला तालीम

नीलकण्ठ नगरपालिका–८ मुरलीभञ्ज्याङमा तीनदिने भाषणकला तालीम सम्पन्न भएको छ । मण्डली महिला विकास बहुउद्देशीय सहकारी संस्थाको आयोजनामा उक्त तालीम सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष भगवती पौडेलका अनुसार नेतृत्व विकास र महिला सशक्तीकरणका लागि उक्त भाषणकला तालीम सञ्चालन गरिएको थियो । तालीममा १९ जना महिलाको सहभागिता थियो । रासस

प्रकाशित मिति : २ पुस २०७५, सोमबार ००:००