७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यचौकी भवन निर्माण



पुस २, गलकोट । बाग्लुङको को तिमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा स्वास्थ्चौकीको नयाँ भवन निर्माण गरिएको छ । विकटका जनतालाई सर्वसुलभ तरिकाले स्वस्थ्यसेवा पु¥याउनका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको शहरी विकास तथा भवन कार्यालयले जनाएको छ ।

शहरी विकास तथा भवन कार्यालय बागलुङको २ करोड १३ लाख रुपैयाँमा भवन निर्माण गरिएको हो । भवन स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई हस्तान्तरणको भइसकेकोे गीता/अमित जेभी निर्माण सेवाका प्रतिनिधि थमबहादुर पुनले बताए ।

हाल स्वास्थ्यचौकी नयाँ भवनमा स्थान्तरण हुने अन्तिम तयारीमा रहेको स्वास्थ्यचौकीले जनाएको छ । हाल सेवा दिइरहेको भवनमा तमानखोला गाउँपालिकाको कार्यालय छ ।

“बिरामीलाई भौतिक संरचनाको अभावमा सेवा दिनुपर्ने बाध्यता नयाँ भवनमा गएपछि समाधान हुनेछ,” बोङ्गादोभान स्वास्थ्यचौकीका स्वास्थ्य सहायक राजनकुमार थापाले भने ।

तमानखोला गाउँपालिकामा पहिलोपटक प्रयोगशाला सेवा सञ्चालनमा ल्याएको स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरसमेत छ । १४ कोठाको भूकम्प प्रतिरोधी दुईतले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचारकक्ष, औषधि भण्डार, गर्भवती जाँचकक्ष, परिवार नियोजनकक्ष, क्षय तथा कुष्टरोगकक्षको छुट्टाछुट्टै व्यवस्था गरिएको छ । रासस

प्रकाशित मिति : २ पुस २०७५, सोमबार ००:००