१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानेपानी आयोजना निर्माणपछि खुशियाली



देवराज सुवेदी
पुस १, मेलम्ची ।

भूकम्पपछि स्वच्छ खानेपानीको अभाव झेल्दै आएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५ सिन्धुकोटका १०९ घरधुरीका ५४५ स्वच्छ खानेपानीबाट लाभान्वित भएका छन् ।

ठूलो मुसुरे खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले खानेपानी तथा अन्य आयोजना निर्माण गरेर सकिएको केही समयमा नै बिग्रने समस्या बढ्दै गएकामा चिन्ता व्यक्त गरे । उनले खानेपानी निर्माण भइसकेपछि उपभोक्ताले नै संरक्षण गर्नुपर्ने बताएका छन् । मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले सिन्धु उपत्यकालाई धान उत्पादन पकेट क्षेत्रका रुपमा विकास गर्न गुरुयोजना बनाउन लागिपर्ने बताए ।

महिला आत्मनिर्भरता केन्द्र र अक्सफामको आर्थिक तथा प्राविधिक सहयोग ४५ लाख ८९ हजार लागतमा सो आयोजना सम्पन्न भएको हो ।

नयाँ प्रविधिबाट स्याउ उत्पादनमा प्रोत्साहन गर्दै

हेलम्बु गाउँपालिकाले हेलम्बुलाई स्याउको पकेट क्षेत्र किटान गरेर स्याउ लगाउने अभियान चलाउने भएको छ । यसअघि अमेरिकाको ‘आइथस’ नामक संस्थाले तीन वर्षदेखि कृषकको घरदैलोमा पुगेर स्याउखेती तालीम सिकाउने र अनुदानमा बिरुवा वितरणको काम गरिरहेको थियो । तर गाउँपालिकाकै अभियानमा अहिले हेलम्बु क्षेत्रलाई स्याउ उत्पादन पहिलेकै अवस्थामा पु¥याउने गरी काम थालिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

पालिकाको योजनामा कुन क्षेत्रमा र कस्तो हावापानी भएको ठाउँमा स्याउ व्यवसाय गर्न सकिन्छ भनेर प्राविधिकसहितको दक्ष टोलीले अध्ययन थालेको छ । जलवायु परिवर्तनको असर स्याउमा परेको स्वीकार्दै पालिका अध्यक्षले भने, “पुराना खालका स्याउ तापक्रम वृद्विका कारण फल्दैन, अब नयाँ प्रविधिबाट हामी शुरुआत गर्दैछौँ ।” उनका अनुसार पालिकाको योजनामा हिमाली जिल्लामा हुने फुजी स्याउको बिरुवा मगाइएको छ । केही ठाउँमा भने फल दिन शुरु गरेको पालिका अध्यक्ष निमाले बताए । रासस

प्रकाशित मिति : १ पुस २०७५, आइतबार ००:००