४ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा कार्यालय भवन निर्माण गर्न एक रोपनी जग्गा

लेखक स्थानीय खबर २७ मंसिर २०७५, बिहिबार १ मिनेट पढाइ

मङ्सिर २७, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ को वडा भवन निर्माण गर्न स्थानीय आइबहादुर तामाङले एक रोपनी जग्गा प्रदान गरेका छन् ।

तामाङले बुधबार जिल्ला मालपोत कार्यालयमा आफ्नो स्वामित्वको उक्त जमीन वडा कार्यालयका नाममा रजिस्ट्रेशन पास गरिदिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए ।

सो जमीनको हालको मूल्य करीब १६ लाख पर्ने क्षेत्रीले बताए । विगत दुई वर्षदेखि वडा कार्यालय स्थानीय कुलप्रसाद अधिकारीको घरबाट सञ्चालन हुँदै आएको थियो ।

सटरसहित तीन कोठाको मासिक भाडा छ हजार भुक्तानी गर्ने गरेको वडाध्यक्ष क्षेत्रीले बताए । चालू आर्थिक वर्षमा गाउँपालिकाले वडा भवन निर्माण तथा व्यवस्थापन गर्न २० लाख छुट्याएको छ । जमीन व्यवस्थापन भएपछि अव वडा भवन निर्माणको काम अगाडि बढाइनेछ । गाउँपालिकाका नौ वडामध्ये अन्यले आफ्नै भवनबाट सेवा दिँदै आएका छन् । रासस

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।