१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङका स्थानीय तह र पुनःनिर्माण प्राधिकरणबीच समझदारी



मङ्सिर २७, खोटाङ । नेपाल राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र खोटाङका स्थानीय तहबीच ११ बुँदे समझदारी भएको छ ।

भूकम्पपछिको पुनःनिर्माणमा समन्वय एवं सहयोग आदानप्रदान गर्ने गराउने उद्देश्यले जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधि र प्राधिकरणका आयोजना प्रमुखबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

जिल्लामा पुनःनिर्माणका कामलाई छिटो र सहजरुपमा सम्पन्न गराउने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधि र प्राधिकरणका आयोजना प्रमुखबीच समझदारी गराइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले बताए ।

“प्राधिकरण गठन हुँदा स्थानीय तह बनेको थिएन,” उनले भने, “देश सङ्घीयतामा गएसँगै प्राधिकरण र स्थानीय तहबीच भएको अन्योलतालाई हटाउँदै पुनःनिर्माणका काममा दुवै पक्षलाई जिम्मेवार बनाउन समझदारीपत्रमा हस्ताक्षर गराइएको हो ।”

दुई पक्षीय समझदारीपछि जिल्लामा हुने हरेक भूकम्पपछिको पुनःनिर्माणका गतिविधि स्थानीय तहको निगरानीमा हुने भएको छ । कर्मचारी खटनपटन, व्यवस्थापन, सिफारिश, हाजिरी प्रमाणित लगायतका काम स्थानीय तहका जनप्रतिनिधिको निगरानी हुने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

निजी आवास पुनःनिर्माण सम्बन्धी तथ्याङ्क, अभिलेख, दस्तावेज, प्राधिकरणबाट क्रमशः नगरपालिका÷गाउँपालिकामा हस्तान्तरण गरिने, हस्तान्तरण गर्दा लाग्ने खर्च, जनशक्ति र उपकरण प्राधिकरणले उपलब्ध गराउने जनाइएको छ । रासस

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहिबार ००:००