४ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपन्नको घर छाउँदै स्थानीय सरकार

लेखक स्थानीय खबर २६ मंसिर २०७५, बुधबार १ मिनेट पढाइ

मङ्सिर २६, गलकोट । गलकोट नगरपालिका ३ कार्यालय हटियाले विपन्न परिवारको खरको छाना विस्थापित गर्दै जस्ता पाताले छाइदिएको छ । वडा कार्यालयको क्षेत्रभित्र रहेका विपन्न परिवारको घरलाई जस्तापाताले छाइदिएको वडा कार्यालय हटियाले जनाएको छ ।

गलकोट नगरपालिकाले वडा कार्यालयको पहलमा खरको छाना भएको घरको तथ्याङ्क सङ्कलन गरी वडा कार्यालय क्षेत्रभित्र रहेका २४ घरमा रहेको खरको छाना विस्थापित गरी जस्तापाताले छाइदिएको छ ।

वडा कार्यालयले अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षमा गरी छ लाख बराबरको जस्तापात उपलब्ध गराई विपन्न परिवारलाई हस्तान्तरण गरेसँगै हटिया वडा खरको छानामुक्त वडा भएको वडा अध्यक्ष वीरजङ्ग भण्डारीले बताए । भण्डारीले भने, “खरको छानाका विस्तावित गर्दा आगलागी जस्ता प्राकृतिक प्रकोपको जोखिम समेत घटेर गएको छ ।”

सामाजिक विकास अन्तर्गतको योजनामा समावेश गरिएको वडास्तरीय विपन्न परिवारलाई जस्तापाता वितरण कार्यक्रम पूर्णरुपमा सफल भएको गलकोट नगरपालिकाले जनाएको छ ।

हटिया वडाको बोहोराफाँट, बराहाथान, कोटमैदान, स्यालालगायतका ठाउँका विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको वडा सदस्य झहरबहादुर खत्रीले बताए । वडा कार्यालयमार्फत जस्तापाता पाएर घर छाउने अधिकांश दलित परिवार हरको बताइएको छ । रासस

प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।