१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर महानगरले आकाशे पुलको सम्भाव्यता अध्ययन गर्ने



मङ्सिर २५, ललितपुर । ललितपुर महानगरपालिकाले नगरका सवारीसाधनको चाप बढी भएका स्थानमा आकाशे पुलको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

सम्भाव्यता अध्ययनका लागि बोलपत्र आह्वान भएकामा नौ टेण्डर परेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । बोलपत्र आह्वान पछि कुन कुन ठाउँमा पुल आवश्यक छ भन्नेबारे अध्ययन गरिनेछ ।

अहिले सवारीसाधनको चाप बढी भएका स्थानमा निर्माण गर्न सकिन्छ वा सकिँदैन भन्ने अध्ययनले देखाउनेछ । उनले भने, “अध्ययनपश्चाप् कुन ठाउँमा पुल बनाउन सकिन्छ भन्ने थाहा हुन्छ र त्यसैका आधारमा काम अघि बढ्नेछ ।”

सवारीसाधनको चाप बढ्दै जाँदा नगरमा पुलको आवश्यकता महसुश भएको महर्जनले बताए । सवारीसाधनको चापका कारण चालकसँगै यात्रु हैरान छन् । चक्रपथमा आठ लेनको बाटो बन्दा पनि भित्री बाटोका कारण जाम नहटेको महर्जन बताउछन् ।

पुल्चोकबाट कुपण्डोलसम्म, चापागाउँ दोबाटो, सातदोबाटो, ग्वार्को, नख्खु लगायत चक्रपथ बाहिरका बस्तीलाई चक्रपथसँग जोड्ने स्थानमा पुलको बढी खाँचो छ ।

पुल्चोकबाट कुपण्डोल सम्म पुल (फ्लाई ओभर) का लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका ले चासो देखाएको महर्जनले बताए । उनले भने, “जाइकाले चासो देखाएको छ ।” नगरभित्र चक्रपथमा तीन र पुल्चोकमा एउटा आकाशे पुल रहेको छ । रासस

प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलबार ००:००