१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारा र रौतहटको दर्जनौँ पुल जीर्ण अवस्थामा



मङ्सिर २५, रौतहट । पूर्वपश्चिम गण्डक नहर अन्तर्गत आवतजावत गर्नका लागि बनाइएका दर्जनौँ पुल जीर्ण हुँदा दिनहुँ दुर्घटना भइरहेका छन् ।

आवश्यक मर्मतसम्भार तथा उचित रेखदेखको अभाव र ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनका कारण गण्डक नहरको पर्सा, बारा र रौतहट जिल्ला अन्तर्गत बनेका दर्जनौँ पुल क्षतिग्रस्त भई दुर्घटनाको उच्च जोखिममा रहेका छन् ।

गण्डक नहरमा सिचाईं प्रणालीको सवारीसाधन सञ्चालनका लागि भनेर वर्षौ पहिला निर्माण गरिएको त्यस्ता पुलबाट ठूला मालबाहक ट्रक, साना ठूला बस र ट्याक्टर जस्ता सवारीसाधन अव्यवस्थित रुपमा सञ्चालन भइरहेकाले पुलको सतह र रेलिङ भत्किएर जीर्ण अवस्थामा पुगेको स्थानीयवासी बताउँछन् ।

त्यस्तै यी दुवै जिल्ला हुँदै बग्ने जमुनी, तियर, त्रिवेणी तथा अरुवा नदीमा निर्माण भएका पुराना पुल पनि ठाउँठाउँमा भत्किएका छन् । यी पुलका क्षमताभन्दा अधिकतम भार बोक्ने मालवाहक १६ चक्के ट्रक देखि अन्य सवारीसाधन सञ्चालनका कारण जीर्ण भएका पुलमा अहिलेसम्म दर्जनौँ सवारीसाधन दुर्घटना भइसकेका छन् । ती जीर्ण पुलबाट सवारीसाधन पल्टिँदा कयौं यात्रुको मृत्यु भएका छन् भने कयौंका हातखुट्टा भाँच्चिएको स्थानीयवासी बताउँछन् ।

यसरी दुर्घटनाको उच्च जोखिममा रहेको यस्ता पुलको मर्मतसम्भारको जिम्मा कुन निकायले लिने भन्ने प्रश्न उठिरहेको बाराका विनोद पासवानले बताए । गण्डक नहर सिचाईं प्रणाली अन्तर्गतका पुलको जिम्मा सो प्रणालीले लिनुपर्ने स्थानीय तहको भनाई छ तर गण्डक नहरमा सिचाईं प्रणालीले नियमविपरित ठूलठूला मालवाहक ट्रक सञ्चालन भइरहेकाले यसको जिम्मा स्थानीय सरकारले लिनुपर्ने जनाएको छ ।

बारा र रौतहट जिल्लाको सिमानामा रहेका यी नहर तथा नदीमा रहेका पुल जीर्ण भई उच्च जोखिममा रहेकाले यस क्षेत्रका स्थानीयवासी त्रसित भएको बौद्धिमाई नगरपालिकाका समाजसेवी जयमङ्गल कुश्वाहाले बताए । रासस

प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलबार ००:००