१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘नागरिकको मुहारमा खुशी ल्याउन सके मानवअधिकार स्थापित हुने’ मुख्यमन्त्री पोखरेल



मङ्सिर २४, रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शुभकामना शन्देश दिँदै उनले मुलुकमा तीन तहको चुनाव सम्पन्न भई संविधान कार्यान्वयनको दिशामा अघि बढेकाले अब संविधानमा उल्लेख भएका मौलिक हक सम्बन्धी व्यवस्था कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्धनलाई जोड दिएको चर्चा गर्दै मुख्यमन्त्री पोखरेलले भने, “संविधान कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यावहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्न पाउने अवसर अगाडि आएको छ । ”उनले भने, “समृद्धिमार्फत नागरिकको मुहारमा खुशी ल्याउन सके व्यवहारिक रुपमै मानव अधिकार स्थापित हुनेछ ।” रासस

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार ००:००