१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपद् जोखिम न्यून गर्न सबैको दायित्व छः प्रदेश कानूनमन्त्री कार्की



मंसिर २३, दमक । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विपत् जोखिम न्यूनीकरण गर्नु सबैको दायित्व भएको बताएका छन् ।

आईतबारदेखि झापामा सुरू भएको स्थानीय तहमा विपत् सचेतना तथा अभिमुखीकरण तालीमको उद्घाटन गर्दै उनले विपत् हुनसक्ने जोखिम नियन्त्रण गर्न समयमै तयारी गरे जोखिम कम हुनेमा उनले जोड दिए ।

विपत् व्यवस्थापन गर्न सबैको चुनौती भएको चर्चा गर्दै उनले भने, “विपत् व्यवस्थापन गर्न सबैले प्रयास गर्ने हो भने त्यसबाट हुने मानवीय तथा प्राकृतिजन्य जोखिममा कमी आउने छ ।”

कार्यक्रममा मन्त्रालयका सचिव गोपालप्रसाद पराजुलीले विपतबाट उत्पन्न हुने जोखिम न्यूनीकरण गर्न तथा त्यस सम्बन्धी सचेतना दिन प्रदेश सरकारले १४ वटै जिल्लाका स्थानीय तह, रेडक्रससहित सरोकारवालासँग छलफल सञ्चालन गरिरहेको जानकारी दिए ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीलगायतले विपत् जोखिम न्यूनीकरण गर्न सबैको साझा दायित्व हुनुपर्नेमा जोड दिएका थिए ।

सोमबारसम्म चल्ने सो तालीममा झापा र मोरङका विभिन्न स्थानीय तह, विपत् व्यवस्थापनका क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता छ । रासस

प्रकाशित मिति : २३ मंसिर २०७५, आइतबार ००:००