६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिका महासंघ बेल्ट एण्ड रोड लोकल को–अपरेसन कमिटीको कार्यकारी सदस्य



स्थानीय खबर संवाददाता, २१ मंसिर । गाउँपालिका राष्ट्रिय महासंघ चीनले अघि सारेको महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड लोकल को–अपरेटिभ कमिटी (बीआरएलसी) को कार्यसमिति सदस्यमा चयन भएको छ ।

डिसेम्बर २ देखि ५ गतेसम्म चीनको हाङजाऊ सहरमा गरिएको भेलाले बीआरएलसीको कार्यसमिति गठन गरेको हो । ७१ देश जोड्ने लक्ष्य राखिएको बीआरएलसी परियोजनाको उक्त भेलामा करिब २५ देशका प्रतिनिधी सहभागी थिए ।

कार्यक्रममा महासंघका महासचिव बंशलाल तामाङको नेतृत्वमा गएको ६ सदस्यीय टोलीले सहभागिता जनाएको थियो । तामाङका अनुसार हाङजाऊ सहरको मेयर झी लीईको अध्यक्षतामा बीआरएलसीको कार्यसमिति गठन भएको छ ।

युरोप, एसिया प्यासिफिक, अफ्रिकी देशहरूबाट समेत कार्यक्रममा सहभागिता जनाएको थियो । “विश्वका ७१ वटा देशलाई जलमार्ग, स्थलमार्ग, हवाईमार्ग र समुन्द्रिक किनारा हुँदै जोड्ने लक्ष्य लिइएको यो महत्वकांक्षी कार्यक्रमको कार्यान्वयन पक्ष बहुआयमिक छ,” उनले भने, “७१ देशमध्ये नेपाल पनि एक हो । त्यसमाथी चीनसँग जोडिएको हुँदा बीआरएलसीमा नेपालका स्थानीय तहको भूमिका महत्वपूर्ण छ ।”

बीआरएलसी कार्यान्वयनका क्रममा विकास निर्माणमात्र नभई साँस्कृतिक र प्राविधिक विभिन्न जस्ता सामाजिक पक्षको आदनप्रदान हुने पनि उनले जानकारी दिए ।

महासंघ स्थानीय तहको एसिया प्यासिफिक संगठन युनाईटेड सिटिज अफ लोकल गभर्नेन्स (यूसीएलजी) को सदस्य हो । यूसीएलजी पनि बीआरएलसीको सदस्य हो सेप्टेम्बरमा भएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार ००:००