१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराका ५४ वटा वडा सचिवविहीन



मंसिर १७, बाजुरा । स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष पुग्नै लाग्दासम्म पनि जिल्लाका अधिकांश वडा सचिवविहीन छन् ।

बाजुरका ९ स्थानीय तहको ६९ मध्ये ५४ वटा वडा सचिव विहीन छन् । वडाको प्रशासनिक काम गर्नका लागि एक सचिवको दरबन्दी हुन्छ । वडामा सचिव नभएपछि वडा कार्यालयबाट हुने कामका लागि स्थानीय तहलाई नगरपालिका र गाउँपालिकाको केन्द्रमै पुग्नुपर्ने बाध्यता छ ।

केन्द्र सरकारले अहिलेसम्म पनि वडा सचिव नपठाउँदा वडाको काम पनि नगरपालिकाले नै गर्नु परेको बूढीनन्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले बताए ।

एकजना सचिवले १० वटै वडाको काम गर्नु परिरहेकाले त्यसको चाप नगरपालिकामा थपिएको उहाँको भनाइ छ । वडा सचिव नहुँदा नजीकबाटै सेवा लिने स्थानीयवासी गाउँपालिकाको केन्द्रसम्मै पुग्नुपर्ने बाध्यता एकातिर छ । अर्कोतिर गाउँपालिकाले प्रवाह गर्ने सेवामा समेत असहजता भरहेको स्वामीकार्तिक खापर गाउँपालिकाका सूचना अधिकारी कुबेरबहादुर शाही बताउँछन् ।

दरबन्दीअनुसार कर्मचारी नहुँदा र वडा सचिव नहुँदा वडाध्यक्षलाई समेत असहज भएको छ । सचिव नहुँदा दैनिक प्रशासनिक कामका लागि समेत अप्ठेरो भहरहेको बूढीनन्दा – १ का वडाध्यक्ष नृपराज खत्रीले बताए । रासस

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार ००:००