१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजुली बले पछि हिमालपारीको गाउँमा खुशीयाली



 

मंसिर १५, ठिनी मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको लो घ्येकर दामोदरकुण्ड गाउँपालिकामा बिजुली पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।

उपल्लो मुस्ताङमा पर्ने यो गाउँपालिकाको २ र ३ नं वडामा पर्ने घमी, साङ्बोचे, घिलिङ र ढाकमरका २ सय घरमा उपल्लो मुस्ताङमै पहिलो पटक केन्द्रीय प्रसारणलाइनको विद्युत् सुविधा पुगेको हो ।

नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र लो घ्येकर दामोदरकुण्ड गाउँपालिकाले भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित उपल्लो मुस्ताङमा विद्युत् विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए ।

विष्टका अनुसार विद्युतीकरणका लागि गाउँपालिकाले २० लाख विनियोजन गरेको थियो । नेपाल विद्युत् प्राधिकरणले ५ सय ५० थान पोल र १५ किलोमिटर प्रसारणलाइनको तार उपलब्ध गराएको थियो ।

वडा नं १, ४ र ५ मा पर्ने चराङ्ग, ४ याराघारा, धेताङग्यामा पनि विद्युतीकरणका लागि ८० प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षभित्र विद्युतीकरण गरिसक्ने गाउँपालिकाको योजना छ । यसअघि बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने छुसाङसम्म मात्र विद्युत् सुविधा पुगेको थियो ।

उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए । विद्युत् सुविधा भएपछि उज्यालोका साथै टिभी हेर्न, कम्प्युटर, ल्यापटप चलाउन, उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको गाउँ कार्यपालिका सदस्य पेमा सेर्तुन विकले बताए ।

मुस्ताङमा विद्युत् वितरण, महसुल सङ्कलन, मर्मत र व्यवस्थापनको काम निलगिरि उपभोक्ता सहकारी संस्थाले गर्दै आएको छ । उपल्लो मुस्ताङको विद्युत् व्यवस्थापन पनि संस्थामार्फत नै गरिने कार्यालय प्रमुख सनप्रसाद थकालीले बताए । रासस

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार ००:००