१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्घटनाका मृतक र घाइतेलाई गाउँपालिकाले सहयोग गर्ने



 

मङ्सिर १४, डोटी । केआइसिँह गाउँपालिकामा सोमबार भएको ट्र्याक्टर दुर्घटनामा परी ज्यान गुमाउने र घाइतेलाई राहतस्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

केआइसिंह कार्यपालिकामा बसेको बैठकले दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई ३० हजार र घाइतेलाई २० हजार सहयोग गर्ने निर्णय गरेको केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए । साथै गाउँपालिकाले एक शोक वक्तव्य जारी गरी डाक्टर केआइसिंह गाउँपालिकामा भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

गएको सोमबार केआइसिंह गाउँपालिका ३ मा से १ त ६६४९ नं को ट्र्याक्टर दुर्घटना हुँदा सोही गाउँपालिका ३ देउकडा बस्ने वर्ष ३४ को घनश्याम मल्लको जनाको ज्यान गएको थियो भने दुईजना सोही गाउँपालिका बस्ने वर्ष १८ को मीन बम, वर्ष १८ का उपेन्द्र बम घाइते भएका थिए । केआइसिंह वडा नं ३ अनारखोलाबाट बालुवा लगेर जाँदै गर्दा दुर्घटना भएको थियो ।
रासस

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार ००:००