६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३ नं. प्रदेशमा पाँच विधेयक पारित



मंसिर ११, हेटौंडा । प्रदेश नं ३ को प्रदेशसभा बैठकले विभिन्न पाँच वटा विधेयक सर्वसम्मत पारित गरेको छ । मंगलबार बसेको बैठकले प्रदेश कार्य सञ्चालन कोष व्यवस्था गर्न बनेको विधेयक– २०७५, प्रदेश सञ्चारमाध्यमको व्यवस्थापन गर्न बनेको विधेयक– २०७५, प्रदेशमा संस्था दर्ता गर्ने व्यवस्थापन गर्न बनेको विधेयक– २०७५, प्रदेशमा प्राविधिक शिक्षा परिषद् स्थापना गर्न बनेको विधेयक– २०७५ र प्रदेशमा खेलकूद विकास व्यवस्थापन गर्न बनेको विधेयक– २०७५, पारित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशका कार्यवाहक मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सञ्चारमाध्यमको व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश संस्था दर्ता गर्ने व्यवस्थापन गर्न बनेको विधेयक टेबल गरिएको बताए ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल प्रदेश कार्य सञ्चालन कोष व्यवस्था गर्न बनेको विधेयक तथा सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशमा प्राविधिक शिक्षा परिषद् स्थापना गर्न बनेको विधेयक र प्रदेशमा खेलकूद विकास व्यवस्थापन गर्न बनेको विधेयकको छुट्टाछुट्टै प्रस्ताव गरेका थिए ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा सञ्चालन कार्यविधिअनुसार आवश्यक प्रक्रिया पूरा गर्दै ती प्रस्तावलाई बैठकमा निणायार्थ प्रस्तुत गरेका थिए । सोही आधारमा सर्वसम्मतिले उक्त विधेयकहरु पारित गरिएको थियो । रासस

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलबार ००:००