१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिनीबस दुर्घटनाका घाइतेलाई स्थानीय तहले आर्थिक सहयोग गर्ने



 

मङ्सिर ९, दार्चुला । मालिकार्जुन गाउँपालिका ३ तेर्छालेकमा गत शुक्रबार बिहान भएको मिनीबस दुर्घटनाका घाइतेलाई दार्चुलाका पाँच वटा स्थानीय तहले उपचारका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमकाबीच दार्चुलाका महाँकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका र व्यास गाउँपालिकाले आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

बस दुर्घटनामा परी घाइते भएर उपचारमा रहेका छ जना घाइतेका लागि प्रति स्थानीय तह एक एक लाख सहयोग गर्ने घोषणा गरेका हुन् । मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धाँमीले बस दुर्घटनामा परी गम्भीर घाइते भएकाको उपचारमा स्थानीय सरकारकोतर्फबाट सहयोग गर्ने घोषणा गरिएको बताए ।

प्रदेश सरकारले हेलिकप्टरमार्फत बिरामीको उद्धार ग¥यो, हामी पनि स्थानीय सरकारकोतर्फबाट घाइतेको उपचारमा सहयोग पु¥याउन चाहन्छौँ उनले भने । गत शुक्रबार मालिकार्जुन जात्राबाट फर्किनेक्रममा पवनदूत यातायातको म १ ख ४३६ नं को बस दुर्घटना हुँदा दुईको मृत्यु भएको थियो भने छ जना गम्भीर घाइते भएका थिए ।

घाइतेहुनेमा लेकम गाउँपालिका–४ का २८ वर्षीया लक्ष्मी कुवँर, २५ वर्षीया लक्ष्मी कुँवर, सोही गाउँपालिका–५ का २५ वर्षीय दौलतसिंह कुँवर, मालिकार्जुन गाउँपलिका–८ का १५ वर्षीय भूपेन्द्र धाँमी, २८ वर्षीय रमेश धाँमी र ३० वर्षीय धीरेन्द्र धाँमी छन् ।

घाइतेमध्ये धीरेन्द्र र दौलतको काठमाडौंमा उपचार भइरहेको छ भने बाँकीको नेपालगञ्जमै उपचार भइरहेको छ । बस दुर्घटनामा भारत उत्तराखण्ड पिथौरागढ अस्कोटका अनिल पाल र उनकी श्रीमती मञ्जु पालको मृत्यु भएको छ ।
रासस

प्रकाशित मिति : ९ मंसिर २०७५, आइतबार ००:००