१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्यस्थलमा नजाने इञ्जिनियरलाई कारबाही गर्छुः ज्ञवाली



मंसिर ९, काभ्रे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा खटाइएका इञ्जिनियर गाउँ नबसे तत्कालै कारवाही गरिने बताएका छन् ।

कार्यक्रम पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) द्धारा जिल्लास्तरीय नीजि अवास पुनःनिर्माण सम्बन्धी दुई दिने समीक्षा गोष्ठी आयोजना गरिएको थियो ।

गोष्ठीलाई सम्बोधन गर्दै ज्ञवालीले स्थानीय जनप्रतिनिधिले आफ्ना क्षेत्रमा इञ्जिनियर तथा अन्य प्राविधिक नबसेको जानकारी दिए तत्कालै कारवाही गरिने बताए । उनले भने, “प्राविधिकहरु गाउँमा बस्नैपर्छ, यदि नबसेको भए जानकारी दिनुस्, तत्कालै कारवाही गर्छु ।”

ज्ञवालीले भूकम्पपीडितका बैङ्क खातामा गएको अनुदान रकम बैङ्कले विभिन्न बहानामा झुलाउने गरेको गुनासो पनि आएकाले त्यसबारे तत्कालै अनुगमन, छानबिन गरिने बताए । उनले प्राधिकरण र नेपाल राष्ट्र बैङ्कसँग यसबारे छलफल भैसकेको बताउँदै राष्ट्र बैङ्कका प्रतिनिधि र प्राधिकरणको प्रतिनिधि टोलीले छानबिन शुरु गर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जिल्लामा बस्ती स्थानान्तरणको समस्या देखिएकाले प्राधिकरणले यसप्रति चासो दिनुपर्ने बताए । काभ्रेमा अहिलेसम्म ६८ हजार ७७३ भूकम्पपीडित परिवारमध्ये हालसम्म ३२ प्रतिशतले तेस्रो किस्ता अनुदान लिइसकेको जानकारी दिए । रासस

प्रकाशित मिति : ९ मंसिर २०७५, आइतबार ००:००